बैशाख ७, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । विभिन्न विशेषज्ञ डाक्टरूहरुबाट सेवा दिने उद्धेश्यले शनिबार र आईतबार ब्राइट भिजन फाउन्डेसनको आयोजना सोलुखुम्बु आँखा उपचार केन्द्र र जिल्ला अस्पताल फाप्लुको समन्वय तथा गाउँपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ५०२ जनाको आँखा जाँच र ४८५ जनाले स्त्रीरोग सम्बन्धी सेवा लिएको ब्राइट भिजन फाउन्डेसनका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिनुभयो । शिविरमा आँखा जाँचका साथै स्त्रीरोग सम्बन्धी निशुल्क सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
Discussion about this post