बैशाख ८, सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाउँपालिकालाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार गाउँपालिकाको एक कार्यक्रमका बिच पूर्ण खोप तथा दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
मोलुङ गाउँपालिकामा चालु आर्थिक वर्षमा जन्मेदेखी १५ महिना सम्मका १ सय ५३ जना बालबालिका, १५ देखी २३ महिनाका १ सय २७ र १६ महिना देखि ५९ महिनाका ५ सय ८ गरी सबै वडाका बालबालिकाले खोपको पूर्णमात्रा लगाएको छ ।
सबै वडाका बालबालिकालाई सम्पुर्ण खोप लगाईएको सुनिश्चित गत चैत महिनामै वडा अध्यक्षबाट भएपछि एक कार्यक्रमका बीच गाउँपालिकाका पूर्ण खोप तथा दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरेको हो । पूर्ण रुपमा खोप लगाइएको तथ्यांक स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक मित्रमिनु ढकालले जानकारी दिनुभएको थियो ।
Discussion about this post