बैशाख ९, सोलुखुम्बु । ताप्लेजुङको पाथीभरा क्षेत्रमा सोमबार भएको सवारी दुर्घटनामा परी मृत्यु भएकाहरूको शव परिवारले बुझेका छन् । झापा भद्रपुरका बिनोद पौडेल, सरिता पौडेल र ललितपुरकी आध्या आचार्यको शव विनोदका भाई महेश पौडेलले बुझेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक विवेक बस्नेतले जानकारी दिनुभयो।
मृतक तीनै जनाको आज झापा भद्रपुरमा अन्तेष्टि गरिने भाइ महेश पौडेलले बताउनुभयो । दुर्घटनामा मृत्यु भएका सवारी चालक दुर्गा भट्टराईको अन्तेष्टि ताप्लेजुङको दोभान घाटमा आज विहान ११ बजे गरिएको परिवारका सदस्य इन्द्र नारायण भट्टराईले बताउनुभएको छ । दुर्घटनाका घाइते सबिना पौडेलको उपचार काठमाडौं हेम्स अस्पतालमा भइरहेको छ ।
पाँचजना यात्रु लिएर पाथीभरा जाँदै गरेको बोलेरो जिपमा हिजो विहान पाथीभरा क्षेत्रको सेवारो चोक नजिक विद्युतीय करेन्ट लागेर दुर्घटना भएको थियो । जिपमा सवार चालक सहितका चार जनाको घटनास्थलमै जलेर मृत्यू भयो भने एक जना गम्भीर घाइते भएका थिए । एकजना वालकको अवस्था भने सामान्य रहेको छ ।
Discussion about this post