बैशाख १०, सोलुखुम्बु । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा सोलुखुम्बुका कल्पना कार्की घरको कोठामा मृत अवस्थामा भेटिएकी छिन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ की २८ बर्षिया कल्पना कार्की मृत अवस्थामा भेटिएकी हुन् । कोठा भाडाँ लिएर बस्दै आएकी कार्की मंगलबार अपराहन ४ बजेको समयमा मृत भेटिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष टंक बहादुर कार्कीले जानकारी दिनुभयो ।
उनको घाँटीमा कालो सलको पासो लागेको र मुखबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । श्रीमान बैदेशिक रोजगारीमा रहेको र मृतक कार्की छोरोछोरीलाई पढाउदै आएकी थिईन् । गएराति हत्या भएको भन्दै परिवारले शव उठाउन दिएका थिएनन् ।
हाल शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ, भने घरका माथिल्लो तलामा बस्दै आएका एक दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।
Discussion about this post