बैशाख १०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेको सार्वजनिक सुनवाई सम्पन्न भएको छ । रेडियो एभरेष्टको सहजिकरण तथा गाउँपालिकाको आयोजनामा जारी सार्वजनीक सुनुवाई बुधबार नेलेमा सम्पन्न भएको हो । वडा अध्यक्ष घनराज सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १ सय बढी नागरिकको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाईका वडामा चालु आर्थिक वर्षमा वडाले कार्यान्वयन गरेका योजना तथा बजेट कार्यक्रमहरूको सार्वजनीकिरण सँगै त्यसमाथि छलफल तथा बहस भएको छ ।
वडाले चालु आर्थिक वर्षमा वडाको करिव ६४ लाख सिलिङ बजेटबाट ३४ वटा योजना सञ्चालन गरेको जानकारी गराइएको थियो भने पालिकाबाट ६ वटा योजना वडामा सञ्चालन भएको जानकारी गराइएको थियो । सार्वजनिक सुनुवाइका क्रममा वडाको पशु शाखा तर्फका कार्यक्रमहरूको बारेमा पशु प्राविधिक नन्द बुढाले व्रिफिङ गर्नुभएको थियो भने कृषि तर्फका बजेट तथा कार्यक्रमहरूको बारेमा कृषि प्राविधिक सजिना खत्रीले व्रिफीङ गर्नुभएको थियो ।
कार्यक्रममा वडाका वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधि टोल सुधार समितिका अध्यक्ष एवं पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाईका क्रममा नागरिकले उठाएका प्रश्नहरूको बारेमा वडा अध्यक्ष घनराज सुनुवारले प्रस्ट पार्दै विकास निर्माणमा नेले गाउँपालिकाकै अब्बल वडा भएको दावी समेत गर्नुभएको थियो ।
Discussion about this post