जेठ १४, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसा निर्माणाधिन कात्तिके खानेपानी योजनाको काम ९० प्रतिशत काम पुरा भएको छ । वडा नम्बर ७ को लुर्बा र नाम्से क्षेत्रका ८६ घरधुरीमा पुग्ने उक्त खानेपानीको काम ९० प्रतिशत पुरा भएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष कार्कीका अनुसार अहिले सम्म एक वटा इन्टेक, दुई वटा दश घनलिटरको रिजर्भ ट्याङ्की र अन्य दुई वटा बीपीटी निर्माण भएको छ । संघीय खानेपानी आयोजना अन्तर्गत करिब १३ लाख बजेट बाट काम भईरहेको निर्माण समितिका अध्यक्ष बुद्धिराम नेपालीले जानकारी दिनुभयो ।
वडा तथा गाउँपालिकाको समन्यवमा बजेट प्राप्त भइ काम भइरहेको भन्दै निर्माण समितिका अध्यक्ष नेपालीले यस क्षेत्रको खानेपानी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । खानेपानीको दीगो व्यवस्थापनका लागि स्थानीय उपभोक्ताको सक्रियतामा खानेपानी सम्बन्धि काम भइरहेको वडा कार्यालयले जनाएको छ ।
उपभोक्ताको जनश्रमदानबाटनै वर्षौदेखि खानेपानी समस्या रहेको बुढीडाँडा क्षेत्रमा लगायतमा खानेपानी पुर्याउन सफल भएको उहाँको भनाइ छ ।
Discussion about this post