बैशाख १३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ लबपुछ स्थित व्यक्तिगत जंगलमा आगलागी भएको छ । शनिबार दिउँसो २ बजेको समयमा पर्ब राई, कुमार राई र नर बहादुर राईको व्यक्तिगत वनमा आगलागी भएको हो ।
आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बासाबाट खटिएको प्रहरीको टोली, जनप्रतिनिधी र स्थानीयबासीहरुको सहयोगमा निभाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
तत्काल गाउँबस्ती भेटाउने सम्भावना नरहेको प्रहरीले जनाएको छ, भने आगलागीको कारण भने खुल्न सकेको छैन् ।
Discussion about this post