बैशाख १४, सोलुखुम्बु । नयाँ बानेश्वरमा प्रहरीसँग झडपपछि खोटाङका दुई शिक्षक सहित एक दर्जन भन्दा बढी शिक्षकहरू घाइते भएका छन् । खोटाङका शिक्षक धर्मसिंह सार्की र लिला भक्त बस्नेत सहित एक दर्जन भन्दा बढी शिक्षकहरू घाइते भएका हुन् ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो । प्रहरीको तर्फबाट बल प्रयोग भएपछि शिक्षकहरू प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले सडक छेउछाउ भएका ढुंगा प्रहरीमाथि प्रहार गरेका थिए ।
यसैबीच प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासङ्घले आकस्मिक बैठक आह्वान गरेको छ । अहिले ३ बजेका लागि बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुनेछ ।
Discussion about this post