बैशाख १५, सोलुखुम्बु । कंचनजंघा साहसिक हाल्फ म्याराथन प्रतियोगिताको उपाधि अर्जुन कुलुङले हात पार्नुभएको छ । विश्व तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कन्चन्जघांको प्रवर्धनका लागि आयोजित हाल्फ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बुको राईले हात पार्नुभएको हो । सिरिजघां गाउँपालिकाद्वारा आयोजित जिरिजघां पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा दुई घण्टा छ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राईले उपाधी चुम्नुभएको हो ।
यस्तै जुम्लाका धिरजबहादुर बुढा प्रतियोगितामा दोस्रो बन्नुभएको छ । बुढाले निर्धारित दुरी दुई घण्टा छ मिनेट ४६ सेकेन्डमा पार गर्दै दोस्रो हुनुभएको म्याराथन व्यवस्थापनका संयोजक निक्की नेम्बाङले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा दुई घण्टा दस मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै ताप्लेजुङका बिबिसन लिम्बू तृतिय बन्नुभएको छ । प्रतियोगीतामा प्रथम हुनु भएका राईले २ लाख ८ हजार ५ सय ८६ रुपियाँ, दोस्रो हुनु भएका बुढाले १ लाख ८ हजार ५ सय ८६ र तेस्रो हुनुभएका लिम्बूले ५८ हजार ५ सय ८६ रुपियाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
कन्चनजङ्घा हिमाल आरोहण तथा भ्रमणका लागि आउने पर्यटकको सहजताका निम्ति पालिकाले निर्माण गरेको नयाँ पैदलमार्गमा म्याराथन प्रतियोगिता सञ्चालन गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा पालिका उपाध्यक्ष डाक्टर चित्रकुमार माबोले जानकारी दिनुभयो । पालिकाको ८ नम्बर वडा याम्फुदिनस्थित नयाँ झोरेनीदेखि दन्डु डाँडासम्मको पैदलमार्गमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
Discussion about this post