बैशाख १५, सोलुखुम्बु । उदयपुरको बेलकामा यसअघि बिभिन्न समयमा छुट्टाछुट्टै ठाउँबाट बरामद गरिएको प्रतिबन्धित लागुऔषध गाँजा नष्ट गरिएको छ । ठूलो परिमाणमा बरामद अवैध लागूऔषध सोमबार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय रामपुरको कार्यालय परिसरमा करिब १ हजार ७७४ किलो ३ सय ८७ ग्रामभन्दा बढी गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । उदयपुर जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रतिनिधि, बेलका नगरपालिकाका प्रतिनिधि वडा नम्बर ९ का जनप्रतिनिधि सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रतिनिधिको उपस्थितीमा गाँजा नष्ट गरिएको हो ।
इप्रका रामपुर ठोक्सीलाका इन्चार्ज प्रहरी निरीक्षक मौसम उदाशका अनुसार अवैध रुपमा जिल्लाको पूर्वी नाका प्रयोग गर्दै बिक्री, प्रयोग तथा कारोवारका लागि लैजाँदै गरिएको गाँजा बिभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको थियो ।
Discussion about this post