Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको गार्मामा सकियो नयाँ तरकारी ब्लक विकास कार्यक्रमको सार्वजनिक सुनुवाई

Radio Everest by Radio Everest
April 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मामा नयाँ तरकारी ब्लक विकास कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत नयाँ तरकारी ब्लक विकास कार्यक्रमको मंगलबार सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । जस्मा ताजा तरकारी मिश्रीत कृषक समूहका अध्यक्ष छोटी शेर्पाको अध्यक्षता एवंम जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

कृषि ज्ञान केन्द्रको ८ लाख ३० हजार लागत र स्थानिय कृषकको ४ लाख ५२ हजार २ सय रुपैयाँ लागतमा सञ्चालित सो कार्यक्रममा १२ लाख ८२ हजार २ सय रुपैयाँ बराबरको खर्च गरिएको अध्यक्ष शेर्पाले सार्वजनिक गर्नुभएको छ । यसैबिच कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आर्थिक सहयोग तथा ताजा तरकारी मिश्रित कृषक समूह भित्ताखर्कको आयोजनामा मंगलबार वडा कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पा, कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवा तथा सोलुदुधकुण्ड नगरपालिका ७ का कार्यवाहक वडा अध्यक्ष भलाकाजि कार्कीले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ भित्र बैधानिक रुपमा सञ्चालनमा रहेका ६ वटा कृषक समूहलाई कृषि सामग्रीहरु वितरण गर्नुभएको छ ।

जस्मा ताजा तरकारी मिश्रित कृषक समूह, बाराने कृषक समूह, नाजिङ कृषि तथा तरकारी खेती समूह, सेतिदेवी ताजा तरकारी समूह, कालिकादेवी तरकारी खेती कृषक समूह र समाबेशी आलु उत्पादन तथा तरकारी खेती कृषक समूहले हिल टयाङ्की, पाईप, टनेल, हजारी, विउविजन लगायत अन्य सामग्रीहरु प्राप्त गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले गार्माका कृषक समुहहरुले कृषि खेतीबाट केहि गर्न सक्ने विश्वास सहित कृषि व्यवसायमा उत्कृष्ट हुनेलाई पहिचान गरी पुरस्कृत गरिने बताउनुभो । उहाँले आफु पनि एक कृषक भएकोले किसानको हर दुः ख, सुखमा आफ्नो तर्फबाट साथ सहयोग रहने बताउनुभयो ।

यस्तै सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले कृषकहरु ब्याबसायिक बन्नकै लागि मनैदेखि लाग्ने हो भने बजारिकरणको कुनै समस्या नरहेको बताउनुभयो । राज्यको लगानी अनुसार कृषि समाग्रीहरु सहि ठाउँमा सदुपयोग गर्नुपर्ने औंल्याउनुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गा बहादुर तिरुवाले बास्तविक कृषकहरु छनौट गरेर कृषि ज्ञान केन्द्रले कृषि सामाग्री वितरण गर्ने गरेका दाबी सहित व्यवसायिक कृषक बन्न आग्रह गर्नुभयो ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष भलाकाजी कार्कीले आफ्नो वडा कृषिका लागि अत्यन्त सम्भावना बोकेको क्षेत्र भएकाले कृषकहरु दत्तचित्त भएर लाग्नुपर्ने बताउनु भयो । साथै गत बर्षहरुमा अनुदानमा दिइएको कृषि समाग्रीहरुबाट उपलब्धी कस्तो रहयो भनेर अनुगमनमा जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा उपस्थित नुम्बुर भोकेशनल ट्रेनिङ सेन्टरका अध्यक्ष निमा शेर्पाले एसइई दिएका विद्यार्थीलाई व्यावसायिक तालिम दिइने स्मरण गराउदै विद्यार्थीको खानाका लागि गार्मामै उत्पादन तरकारी प्रयोग गरिने बताउनुभयो । कृषि सामग्री प्राप्त गरेपछि कृषक समूहका सदस्यहरुले सही सदुपयोग गर्दै थप व्यवसायिकतामा जोड दिने प्रतिबद्धता जनाएका छन् ।

Previous Post

उत्कृष्ट विपद ब्यवस्थापन गरेको भन्दै थुलुङ दुधकोशीले गर्यो डिएसपि घिमिरेलाई सम्मान

Next Post

प्रधानमन्त्री ओली र सोताङका अध्यक्ष बस्नेतबीच भेटवार्ता, अध्यक्ष बस्नेतले यी कुराको माग गरे ?

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly