बैशाख १६, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ६ देउरालीमा बाइक दुर्घटना भएको छ । मंगलबार दिउँसो सोलुखुम्बुबाट ओखलढुंगा जादै गरेको बा ४९ प २३४४ र विपरीत दिशाबाट आउदै गरेको बा ६८ प ९३६० नम्बरको बाइक एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा सोलुखुम्बुको सिसाखोलाका ४१ वर्षीया अमृता विक घाइते हुनु भएको छ । विक आफ्नो माइत ओखलढुंगा जादै गरेको जनाइएको छ । ओखलढुंगाबाट सोलु आउदै गरेको बाइकका चालक हिराकाजी श्रेष्ठको भने दाहिने औँलामा सामान्य चोट लागेको छ । घुम्तिमा ब्रेक फेलको कारण बाइक दुर्घटना भएको अनुमान गरिएको छ ।
बाइक र चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । घाइते विकलाई भएकालाई उपचारका लागि मिसन अस्पताल पठाइएको छ ।
Discussion about this post