बैशाख १६, सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनः विचार गर्न जरुरी रहेको बताउनुभयो । मंगलबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उँहाले सरकारले अध्ययन गेर राष्ट्रिय गौरवका आयोजनाहरु घटाउनसके घटाउन जरुरी रहेको बताउनुभयो । धेरै घोषणा हुने तर काम नहुने स्थिति रहेको भन्दै आर्थिक अवस्थाले नधान्ने र अनावश्यक घोषणा गरेर राख्ने काम गर्न नहुनेमा जोड दिनुभयो । थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए राम्रो हुने मन्त्री राईको भनाइ छ ।
रक्षामन्त्री राईले फास्ट ट्रयाक निर्माण भइरहेका क्षेत्रका सांसदहरुसँग छलफल गर्ने उल्लेख गर्नुभयो । उँहाले गाडीबाटै अनुगमन गर्न जाने र त्यसको निस्कर्ष निकाल्ने प्रयासमा आफू रहेको बताउनुभयो ।
Discussion about this post