बैशाख १६, सोलुखुम्बु । आन्दोलनरत चिकित्सकहरुले बन्द गराएको जिल्ला अस्पताल खोटाङको ओपीडी सेवा सुचारु भएकोे छ । आइतबारदेखि अनिश्चितकाललाई बन्द गरिएको ओपीडी सेवा सोमबारबाट पुनः सुचारु भएको हो । नेपाल चिकित्सक संघको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै ओपीडी सेवा सुचारु गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. रुपेश संग्रौलाले बताउनुभयो ।
आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताउदै ओपीडी बन्द गर्दा दूरदराजबाट आएका नागरिकले शास्ती खेप्न बाध्य भएकाले सेवा सुचारु गरिएको उहाँको भनाई छ । निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै चिकित्सकहरु २७ दिनदेखि आन्दोलनरत छन् । आवासीय चिकित्सकहरुले अस्पतालमा ओपिडी सेवा बन्द गर्दाअस्पताल आएका बिरामी मर्कामा परेका छन् ।
Discussion about this post