बैशाख २७, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका २ विपन्न परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरिएको छ । महाकुलुङ गाउँपालिका वडा नं. १ को समन्वयमा तथा खिरौँले एडुकेशन एण्ड हेल्थ प्रोजेक्ट युकेका अध्यक्ष ल्हाक्पा कितार शेर्पाको विशेष सहयोगमा दुई विपन्न परिवारलाई शौचालय तथा खानेपानी सहितको नयाँ घर निर्माण गरि हस्तान्तरण गरिएको हो । स्थानीय चक्र बहादुर बिक र मनकुमारी राईको परिवारलाई सुरक्षित आवास प्रदान गर्ने उद्देश्यले निर्माण गरिएका २ घर एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ, वडा अध्यक्ष पर्खीधन राई तथा सहयोगी संस्थाको प्रतिनिधि किफुटी शेर्पाद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको हो । दातृ निकायको ८ लाख लगानीमा निर्मित घर निर्माणको लागी गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड र एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले गिट्टी तथा बालुवा सहयोग गरेको छ ।
त्यस्तै सुधारिएको फलामे चुलो स्थानीय समाजसेवी मिन धन कुलुङले निशुल्क उपलब्ध गराउनुभएको हो । सबैको साझा प्रयास र सहयोगी संस्थाको हातेमालोले सम्पन्न यो कार्यले ग्रामीण क्षेत्रमा विपन्न परिवारको जीवनस्तर सुधारतर्फ महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । वडा कार्यालयले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष राईले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
Discussion about this post