बैशाख २८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मा एक भैँसी गोठ आगलागी हुदा एक व्यक्ती घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ६ स्थित पौवाका राम बहादुर गुरुङको भैँसी गोठमा आगलागी भएपछि निभाउन जाने क्रममा उनी घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार घाइते गुरुङलाइ उपचारका लागी दुधकोशी सामुदायिक अस्पताल लगिएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । राम बहादुरको भैँसी आगलागीबाट घाइते छ भने गोठ पूर्ण रुपमा जलेर खरानी भएको छ ।
Discussion about this post