बैशाख २८, सोलुखुम्बु । प्रथम अन्तराष्ट्रिय सागा दावा रनिङ फेस्टिभल तथा कला सम्मेलनको अवसरमा सोलुखुम्बुमा फेसन सो गरिएको छ । थेक्छेन पेमा छोलीङ गुम्बाको आयोजनामा जिल्लाको सदरमुकाम सल्लेरी स्थित गुम्बामा शनिबारबाट जारी कला कार्यक्रमको अवसरमा हिमाली कला संस्कृतिहरुको संरक्षण गर्दै हिमाली भेषभुषाको पहिरनमा यहाँका महिलाहरूले फेसन सो गरेका हुन ।
फेसन सो भन्ने बित्तिकै उच्छृङ्खल वा अर्धनग्न हुनु पर्ने भन्ने भाष्यलाई चिर्दै विभिन्न सामाजिक पहिरनमा सजिएका महिलाहरुले फेसन सो गरेका थिए । सांस्कृतिक पहिरनहरुलाई फेसनको रुपमा स्थापित गर्नका लागी गुम्बाले गरेको यो नयाँ कार्यलाई सांस्कृतिक महत्वको रुपमा हेरिएको छ ।
फेसन सोमा महिलाहरूले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने महिलाहरूको परम्परागत पहिरनहरू लगाएर प्रदर्शित भएका थिए । मगर, गुरुङ, क्षेत्री, राई, लिम्बु लगायत जातको पहिरन लगाएर महिलाहरुले फेसन सो गरेका थिए । यसले समाजमा अर्धनग्नतामात्रै फेसन नभएर सांस्कृतिक पहिरनहरू समेत फेसन हुन भन्ने सन्देश दिएको थेक्छेन पेमा छोलीङ गुम्बाका गुम्बा व्यवस्थापन समिति सचिव ङिमा तेण्डुप शेर्पाले बताउनुभयो ।
Discussion about this post