बैशाख २९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता पालिका“ घोषणा गर्ने तयारी तीव्र पारिएको छ । गाउँपालिकाले यही बैशाख ३१ गते विशेष कार्यक्रम गरी औपचारिक रूपमा यो घोषणा गर्न लागेको हो । गाउँपालिकाको आर्थिक सहयोग तथा स्वास्थ्य संस्थाहरुको प्राविधिक सहयोगमा, स्थानीय स्वामित्व र सहभागितासहित “पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ पालिकाभित्र १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ ।
यसै आधारमा महाकुलुङले पूर्ण खोप पालिका घोषणा गर्न लागेको जनस्वास्थ्य निरीक्षक हरि प्रसाद आचार्यले जानकारी दिनुभयो । घोषणा कार्यक्रममा पालिका खोप समिति संयोजक सूर्य बहादुर कुलुङको अध्यक्षता रहनेछ भने जिल्ला खोप समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुने भएको छ ।
स्थानीयस्तरमा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि हुनुका साथै खोपको पहुँच र प्रभावकारितामा देखिएको प्रगतिको सकारात्मक परिणामस्वरूप महाकुलुङले यो उपलब्धि हासिल गर्न सफल भएको हो ।
Discussion about this post