बैशाख ३०, सोलुखुम्बु । सिद्धिचरण नगरपालिकाको आयोजनामा ‘प्रथम मेयरकप खुल्ला पुरुष फुटबल प्रतियोगिता’ आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन सगरमाथा जनता माध्यमिक विद्यालय, वडा नं. १२ स्थित खेल मैदानमा सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका सांसद प्रदीप सुनुवारले पानसमा बत्ती बालेर प्रतियोगिताको विधिवत् शुभारम्भ गर्नुभएको छ ।
सांसद सुनुवारले गाउँगाउँका प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरसम्म पु¥याउने माध्यमका रूपमा यस्ता प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले खेलकुदले पर्यटन प्रवद्र्धन, स्थानीय व्यवसायमा टेवा तथा सुशासन कायम गर्न समेत सहयोग गर्ने उल्लेख गर्नुभयो । प्रतियोगिताको पहिलो खेलमा मोलुङ गाउँपालिका–२ स्थित खिस्तो युवा समाजले जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । कार्यक्रमका अध्यक्ष तथा सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजेन्द्र खनालले खेलाडीको माग अनुसार प्रतियोगिता आयोजना गरिएको बताउँदै पहिलोपटक आयोजना भएको प्रतियोगिता सफल, मनोरञ्जनात्मक र सोहार्दपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
साथै, सहभागी सम्पूर्ण खेलाडीलाई उज्जवल भविष्यको शुभकामना समेत व्यक्त गर्नुभयो । प्रतियोगितामा कुल १० टिमको सहभागीता रहेको छ। प्रतियोगिताका विजेताले नगद २ लाख २२ हजार २ सय २२, उपविजेताले १ लाख ११ हजार १ सय ११ तथा सेमिफाइनलमा पुग्ने दुई टिमले जनही ४४ हजार ४ सय ४४ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, गोलकिपर, मिडफिल्डर र गोल स्कोररलाई जनही रु ५,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सिद्धिचरण मेयरकपले ओखलढुंगाको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।
Discussion about this post