बैशाख ३१, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपालिकाका ५ वटै वडामा रहेका सम्पूर्ण लक्षित बालबालिकालाई खोप लगाइसकेपछि गाउँपालिकालाई आज बुधबार पूर्ण खेप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका संयोजक सुर्य बहादुर कुलुङको् अध्यक्षता एवं जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यमामा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका २०८१ घोषणा गरिएको हो । गाउँपालिकाका ५ वडा वडा मा भएका ५ वर्ष सम्मका बालबालिकालाई दिनुपर्ने सबैखाले खोप दिइसककेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको संवाददाता झलक राईले बताउनुभयो ।
उहाँका अनुसार वडा नम्बर १ का १ सय ५३ जना बालबालिकालाई खोप लक्ष लिएको छ भने वडा नम्बर २ का १ सय ११, वडा नम्बर ३ का १ सय ५३, वडा नम्बर ४ का ८९ जना र वडा नम्बर ५ मा ७५ जनालाई खोप लगाइ सकिएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको हो । यस वर्ष गाउँपालिकाभरि ६ सय २९ जना बालबालिकालाई खोप लगाउने लक्ष राखिएकोमा ५ सय ६७ जना बालबालिकालाई खोप लगाइएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हरि प्रसाद आचार्यले बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक तथा समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले मेहनत र सकृयताका साथ वडा हुदै पालिकासम्म खोप लगाउन स्वास्थ्यकर्मीहरू लागी परेर यो प्रतिफल हात परेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुलुङले गाउँपालिकामा स्वास्य क्षेत्रलाई संवेदनशिल क्षेत्र मानेर आफूहरूले काम गरिरहेको भन्दै खटिने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
Discussion about this post