जेठ १, सोलुख्म्बु । महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा खोटाङ जिल्लाभित्रका स्थानीय तहहरूमा देखिएको बेरुजु (वित्तीय अनियमितता) को अवस्थाबारे विवरण सार्वजनिक गरिएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका सबैभन्दा कम बेरुजु भएको स्थानीय तह बनेको छ । यहाँ जम्मा ०.१५ प्रतिशत अर्थात २३ लाख ६७ हजार बेरुजु देखिएको छ । त्यस्तै, ऐसेलुखर्क गाउँपालिकामा ०.५० प्रतिशत (५७ लाख ३५ हजार), रावाबेशी गाउँपालिकामा ०.७३ प्रतिशत (६५ लाख ७६ हजार) बेरुजु देखिएको छ । सबैभन्दा धेरै बेरुजु साकेला गाउँपालिकामा देखिएको छ, जहाँ २.४३ प्रतिशत अर्थात दुई करोड ७१ लाख दुई हजार बेरुजु देखाइएको छ। साकेलामा जम्मा पाँच वडा रहेका छन्।
अन्य पालिकाहरूको बेरुजु विवरण यस प्रकार छ :
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाः १.२४% (२ करोड ८५ लाख २ हजार)
केपिलासगढी गाउँपालिकाः ०.४८% (७९ लाख ५२ हजार)
दिप्रुङ चुईचुम्मा गाउँपालिकाः १.०७% (१ करोड २२ लाख ६ हजार)
बराहपोखरी गाउँपालिकाः १.८८% (१ करोड ५३ लाख ५४ हजार)
जन्तेढुंगा गाउँपालिकाः १.४६% (१ करोड ४२ लाख ५६ हजार)
खोटेहाङ गाउँपालिकाः १.४६% (१ करोड ८८ लाख ४३ हजार)
‘बेरुजु’ भन्नाले कानुनअनुसार आर्थिक कारोबारको विधि नपु¥याई गरिएको लेनदेन वा अनियमितता जनाइन्छ, जुन लेखापरीक्षणको क्रममा देखा पर्छ । महालेखाको प्रतिवेदनले वित्तीय अनुशासन र पारदर्शिताको आवश्यकतालाई अझै मजबुत बनाउनु पर्ने देखाएको छ ।
Discussion about this post