जेठ ६, सोलुखुम्बु । सिन्धुलीको दुधौली अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने प्रक्रिया अघि बढेको छ । बागमती प्रदेश सरकारले ५ वटा स्थानीय तहका अस्पताललाई स्तरोन्नति गर्ने निर्णयअनुसार दुधौली अस्पताल पनि छनोटमा परेको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम र चालु वर्षको बजेटको बुँदा नम्बर १२५ अन्तर्गत ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। स्वास्थ्य मन्त्रालयले गठन गरेको कार्यदलले जनशक्ति, उपकरण, पूर्वाधार तथा सञ्चालन मोडालिटीका लागि विस्तृत सिफारिस तयार गरेको छ ।
दुई मोडलमा अस्पताल सञ्चालन गर्न सकिने सुझाव दिइएको छ । दुधौलीसहित माडी (चितवन), जिरी (दोलखा), मेलम्ची (सिन्धुपाल्चोक) र मन्थली (रामेछाप) अस्पताल पनि स्तरोन्नतिका लागि छनोटमा परेका छन् ।
Discussion about this post