जेठ ६, सोलुखुम्बु । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रतिबन्धित औषधी तथा लागुऔषध गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरी, मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–२ का २३ वर्षीय राहुल गुरुङ र २७ वर्षीय समिर राईलाई लागूऔषध ट्रामाडोल २९० चक्की र डाइजेपाम २९० चक्की सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै, लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय जीवन राई र धरान–५ का ४२ वर्षीय अर्जुन तामाङलाई ६० एम्पुल प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ ।
यसैगरी, प्रहरी चौकी अमरहाट, सुनसरीले धरान–१३ स्थितबाट धनकुटाको चौबिसे गाउँपालिका–३ का ४५ वर्षीय गजेन्द्र कुमार याखालाई साढे ४ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post