जेठ ६, सोलुखुम्बु । सोलुुखुम्बुको नेचासल्यान गाउँपालिकाले सञ्चालन गरेको एक महिने लोकसेवा आयोग तयारी कक्षा आज एक औपचारिक रूपमा सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको उक्त तयारी कक्षामा सहभागी विद्यार्थीहरूले लोकसेवा परीक्षाको लागि आवश्यक ज्ञान तथा अभ्यासमा सहभागी भएका थिए ।
कार्यक्रममा परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रशंसा पत्र सहित लोकसेवा आयोगसम्बन्धी पुस्तक वितरण गरिएको छ । यस्तै, सहभागी सबै विद्यार्थीहरूलाई पनि उक्त पुस्तक प्रदान गरिएको र आगामी दिनमा उनीहरूको अध्ययनमा थप सहयोग पुर्याउने विश्वास गरिएको छ । उक्त समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धनजन राई, उपाध्यक्ष विना राई, स्थानीय जनप्रतिनिधिहरू, शिक्षक, प्रशिक्षक तथा विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो ।
सहभागी विद्यार्थीहरूले गाउँपालिकाले उपलब्ध गराएको यो अवसरप्रति आभार व्यक्त गर्दै, यस्ता कार्यक्रमले आफूहरूमा आत्मविश्वास र जागरूकता बढाएको प्रतिक्रिया दिएका छन् । गाउँपालिकाको यो पहलले ग्रामीण क्षेत्रमा रहेका युवाहरूका लागि लोकसेवा तयारीको पहुँचलाई सरल र सुलभ बनाउने दिशामा ठोस कदम चालेको देखिन्छ ।
Discussion about this post