जेठ ११, सोलुखुम्बु । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यिनै मौसमी प्रणलीका कारण कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।
कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
आज राति कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेश प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Discussion about this post