Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज गणतन्त्र दिवस : नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा

Radio Everest by Radio Everest
May 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १५, सोलुखुम्बु । नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो ।

दुई सय ४० वर्षदेखि कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको त्यही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ ।

जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ । विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ । २०६५ सालमा गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा सङ्घीयता कार्यान्वयन भएको छ ।

Previous Post

आज ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

Next Post

अबका तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, आजको मौसम कस्तो रहला ?

Related Posts

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
0
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
Next Post
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अबका तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, आजको मौसम कस्तो रहला ?

Discussion about this post

Everest Highlights

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly