जेठ १५, सोलुखुम्बु । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब नबढाई महँगी भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्मा बजेट पेश गर्दै महँगी भत्ता बढाए पनि स्रोत अभावले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो । अर्थमन्त्री पौडेलले कर्मचारीले मासिक रूपमा पाउने महँगी भत्ता ५ हजार रुपैयाँ पुर्याएको बाताउनुभयो ।
बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा महँगी भत्ताबापत २ हजार रुपैयाँ र वार्षिक रूपमा पोसाक भत्ता १० हजार रुपैयाँ पाउँदै आएका छन् । त्यसअनुसार ३ हजार रुपैयाँ भत्ता थपिएको हो । पछिल्लो पटक तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० मा कर्मचारीको तलब १५ प्रतिशतले बढाउनुभएको थियो ।
Discussion about this post