Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गाबाट दुई सय ११ वटा भ्रष्टाचार उजुरी : चम्पादेवी गाउँपालिकामा सबैभन्दा बढी

Radio Everest by Radio Everest
June 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १८, सोलुखुम्बु । ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ अभियान अन्तर्गत ओखलढुङ्गा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्लाबाट परेका २११ वटा भ्रष्टाचार उजुरीको तथ्याङ्क सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालयका प्रवक्ता एवं सहसचिव राजेन्द्रकुमार पौडेलका अनुसार चालु आर्थिक वर्षमा आयोगको केन्द्रीय कार्यालयमा मात्र ओखलढुङ्गाबाट १३ वटा संघीय, १२ वटा प्रदेश र ९९ वटा स्थानीय तहसँग सम्बन्धित गरी १२४ वटा उजुरी परेका छन्।

तीमध्ये संघका ६, प्रदेशका ५ र स्थानीय तहका ६९ उजुरी गरी जम्मा ८० वटा उजुरी फछ्र्यौट भएको जनाइएको छ । त्यस्तै, आयोगको बर्दिवासस्थित क्षेत्रीय कार्यालयमा ओखलढुङ्गाबाट ८७ वटा उजुरी परेका छन् । बर्दिवास कार्यालयका उपसचिव पौडेलका अनुसार तीमध्ये ५० उजुरी फछ्र्यौट भएका छन् भने ३७ वटा कारबाहीको प्रक्रियामा छन् । स्थानीय तह अनुसार सबैभन्दा बढी उजुरी चम्पादेवी गाउँपालिकाबाट परेका छन् ।

उक्त गाउँपालिकाबाट १७ उजुरी परेकामा १४ फछ्र्यौट भइसकेका छन् भने ३ उजुरी बाँकी छन् । चिशङ्खुगढी गाउँपालिकाबाट १४ उजुरी परेका छन्, जसमा सात फछ्र्यौट भइसकेका छन् र सात अझै बाँकी छन् । मानेभन्ज्याङ गाउँपालिकाबाट ११ उजुरीमध्ये ९ फछ्र्यौट भएका छन् भने दुई उजुरी अझै बाँकी छन्। सिद्धिचरण नगरपालिकाबाट १० उजुरी परेकामा तीन फछ्र्यौट र सात बाँकी, मोलुङ गाउँपालिकाबाट ९ उजुरी परेका छन्, जसमा छ फछ्र्यौट र तीन बाँकी छन् ।

लिखु र सुनकोशी गाउँपालिकाबाट समान ५–५ वटा उजुरी परेका छन् । लिखुका तीन र सुनकोशीका दुई उजुरी फछ्र्यौट भइसकेका छन् भने बाँकी उजुरीहरू अध्ययन तथा कारबाहीको प्रक्रियामा रहेको अख्तियारले जनाएको छ । आयोगका अनुसार उजुरीहरूको संख्या स्थानीय तहमा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धिको आवश्यकता रहेको संकेत हो । आयोगले यस्ता उजुरीहरूको निष्पक्ष छानबिन गर्दै भ्रष्टाचार नियन्त्रणमा जोड दिएको जनाएको छ ।

Previous Post

सोलुखुम्बुमा वडा स्तरका जनप्रतिनिधिहरूका लागि समावेशी योजना तर्जुमा सम्बन्धी तालिम

Next Post

सोलुदुधकुण्डमा १० चक्के सवारीसाधन सञ्चालनमा रोक

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly