जेठ १७, सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुले नेचासल्यानको एक विद्यालयमा वृक्षारोपण गरेको छ । कार्यालयको वार्षिक स्वीकृत हरियाली विद्यालय कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नम्बर १ स्थित भूमेश्वरी माध्यमिक विद्यालयमा जापानिज धुपी र मयुरपंखीका १ सय बोट बिरुवा रोपिएको वन अधिकृत अशोक कुमार जैसवालले जानकारी दिनुभयो ।
यस्तै फोहोर मैला व्यवस्थापनका लागी विद्यालय परिसरमा डस्टबिन राखिएको छ । विद्यालय परिसरमा आजै ५ वटा डस्टबिन राखन उपलब्ध गराइएको हो । यस्तै बुधबार सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा १ हजार ३ सय वृक्षरोपण गरिएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर डिभिजन वन कार्यालयको आयोजनामा गाउँपालिकाको वडा नम्बर १ स्थित गिम्बीर जडेनी सामुदायिक वनमा १ हजार ३ सय बोट चाँप र पात्ले सल्ला २ प्रजाति वृक्षरोपण गरिएको कार्यालयले जनाएको छ । मंगलबार र बुधबार गरि सामुदायिक वनका विभिन्न ठाउँहरूमा उक्त बिरुवा रोपिएको वन अधिकृत जैसवालले जानकारी दिनुभयो ।
Discussion about this post