Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा किसानको गुहारः वन्यजन्तु आतङ्क नियन्त्रणमा स्थानीय सरकारको पहल

Radio Everest by Radio Everest
June 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३०, सोलुखुम्बु । प्रकृतिको काखमा रहेको नेचासल्यान गाउँपालिका जिल्लाकै अन्न भण्डार मानिन्छ । यहाँका हर जन, यहाँका हर खेत, नागरिकहरुलाई खान दिन खटिएका छन् । तर… ती मेहनती किसानहरुको सपना अहिले बादर, दुम्सी, घोरल र मृग जस्ता वन्यजन्तुहरूले चपाएका छन् । विगत ३–४ वर्षदेखि धान, मकै, कोदो, तरकारी, फलफूल – के बाँकी रह्यो र ? बाली नष्ट हुँदै गए, जीविकोपार्जनको आधार हराउँदै गयो । यहाँका अधिकांश जनसमुदाय कृषि पेशामा आश्रित यस गाउँपालिकाका किसानहरुले हालै गाउँपालिका अध्यक्ष धनजन राई तथा प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरे समक्ष आफ्नो पीडा राख्दै, वन्यजन्तु नियन्त्रण र बालीनाली संरक्षणको माग गरेका छन्।

किसानहरुले आफ्नो जीविकोपार्जनमा ठुलो असर परिरहेको जनाउँदै संघीय र प्रदेश सरकारसमक्ष ठोस नीति निर्माणका लागि पनि अपिल गरेका छन् । यस बिषय प्रति गाउँपालिका अध्यक्ष धनजन राईले किसानको मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै, स्थानीय सरकार किसानसँगै उभिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “किसान हाम्रो मेरुदण्ड हुन्, उनीहरुको श्रम र पसिनाले गाउँ समृद्ध बन्छ । मुख्य बाली मकै यतिबेला लहलह देखिएका छन् । तर खेतबारीमा पसेर बादरहरुले बाली नष्ट गरिरहेकाले किसानहरुले स्थानीय सरकारको साथ खोजिरहेका छन् । उनीहरुले जेठ ३० गतेबाट ‘एक घर एक किसान’ अभियान अन्तर्गत १०० जना किसानहरुको टोली जंगल, भीर र पाखामा लखेट्ने कार्यमा खटिनेछ, जसबाट बादरलाई नेचासल्यानको सीमाभित्रबाट हटाउने लक्ष्य राखिएको छ । यस अभियानमा सहभागी किसानहरुको खाजा खर्च स्थानीय निकायले व्यहोर्ने निर्णय समेत गरिएको छ ।

किसानहरुले स्थानीय तहमा मात्र नभई प्रदेश र संघीय सरकारले पनि दीर्घकालीन वन्यजन्तु व्यवस्थापन योजना ल्याउनुपर्नेमा जोड दिएका छन् । साथै, कृषकका खेतबारीमा जनावर पसेर क्षति पु¥याएमा क्षतिपूर्ति दिने व्यवस्था मिलाउनुपर्ने माग समेत गरिएको छ । यो समस्या केवल नेचासल्यानको मात्र होइन, देशका विभिन्न ग्रामीण भेगमा कृषि निर्भर समुदायले जुधिरहेको साझा चुनौती हो । त्यसैले वन संरक्षण र कृषक अधिकारबीच सन्तुलन राख्ने नीति तथा स्थानीय तह, समुदाय र सरकारको साझा प्रयास अब अत्यावश्यक बन्दै गएको छ । नेचासल्यानको उदाहरणले देखाएको छ – जब किसान एकजुट हुन्छन् र सरकार जवाफदेही बन्छ, तब समाधानको बाटो खुल्न थाल्छ ।

Previous Post

लिखुपिके –२ गोलीको वडा भेला : योजना बैंकका लागि छनौट शुरु

Next Post

सशस्त्र प्रहरी बल र सोलु सामुदायिक अस्पताल बिचको सहकार्यः स्वास्थ्य सेवामा पहुँच विस्तार

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly