बैशाख २०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ र माप्यदुधकोशी गाउँपालिकामा पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै विभिन्न स्थानमा पदचिन्ह तथा रोड म्याप स्थापना गरिएको छ । द ग्रेट हिमालय ट्रेल प्रोजेक्टको सहयोगमा पहाडी विकास तथा संरक्षण समूह नेपालले उक्त पदचिन्ह तथा रोड म्याप स्थापना गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गन्तव्यसम्म सहज पहुँच पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
नयाँ पर्यटकहरूलाई यात्रा मार्गबारे स्पष्ट जानकारी दिने, गन्तव्य पहिचान गर्न सहज बनाउने तथा पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने लक्ष्यसहित पदचिन्ह तथा रोड म्याप राखिएको हो । पहाडी विकास तथा संरक्षण समूह नेपालका न्ज्त् कार्यक्रम संयोजक उद्धव कुलुङका अनुसार संस्थाले यसअघि भोजपुर र सोलुखुम्बु जिल्लाका पर्यटकीय क्षेत्र साल्पा–सिलुछो, महाकुलुङ तथा पाँचपोखरी क्षेत्रमा समेत यस्ता पर्यटन सूचना सामग्री स्थापना गरिसकेको छ ।
उहाँले आवश्यकताको आधारमा आगामी दिनमा अन्य पर्यटकीय क्षेत्रमा पनि पदचिन्ह तथा रोड म्याप विस्तार गरिने जानकारी दिनुभयो । स्थानीयवासी तथा पर्यटन व्यवसायीहरूले यस्ता संरचनाले पर्यटकलाई सही मार्गनिर्देशन दिनुका साथै ग्रामीण पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । संस्थाले स्थापना गरेका पदचिन्ह तथा रोड म्यापले पर्यटकहरूको यात्रा थप सुरक्षित, सहज र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ ।











Discussion about this post