Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

Radio Everest by Radio Everest
May 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १९, सोलुखुम्बु । भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग गरेका छन् । २०८३ बैशाख १२ गतेबाट सुरु गरिएको भूमीहीन र सुकुम्बासी बस्ती खाली गर्ने सरकारको कार्यक्रमले बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवतीहरुको अवस्थामा गम्भीर समस्या देखिन थालेको विषयमा सरकार संवेदनशील हुनुपर्ने देखिएको छ ।

नेपालको संविधानको धारा १६ बमोजिम नागरिकको सम्मान पूर्वक बाँच्न पाउने हक, ३७ को प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक, धारा ३६ को खाद्य सम्बन्धी हक, धारा ३५ को स्वास्थ्य सम्बन्धी हक, धारा ३३ को रोजगारीको हक, ३१ को शिक्षा सम्बन्धी हक, २८ गोपनीयताको हक, ३९ को बालबालिकाको हक, धारा ४०को दलितको हक, धारा ४२ को सामाजिक न्यायको हकलगायतका विषयमा थप सम्वेदनशील हुनुपर्ने माग सरोकारवाला राखेका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप०, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र बाल विकास समाजको आयोजना भएको छलफलमा नेपाल सरकारले भूमीहीन तथा सुकुम्बासीहरुको वस्तीलाई खाली गर्ने, हटाउने, सन्दर्भमा त्यसबाट सिर्जित समस्या र बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, मनोविज्ञानमा परेको असरको सन्दर्भमा छलफल भएको थियो ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षता, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दुर्गाप्रसाद चालिसे, राष्ट्रिय मानव अधिकार आयोगका खिमानन्द बस्याल, राष्ट्रिय बाल अधिकार परिषद्का देवी डोटेल, एनएसिजीको अध्यक्ष रितु भट्ट राई, भूमि अभियान्ता, भगवती अधिकारी, सुवास नेपाली, इन्सेकका कृष्ण गौत्तम लगायत विभिन्न सञ्जालहरु, विद्यालयका प्रतिनिधि, अपाङ्गता, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, संचारकर्मी, मानव अधिकार कर्मी बाल अधिकार कर्मी गरी ४० जनाको सहभागितामा रहेको थियो । सहभागीहरुले सुकुम्बासी बस्ती हटाउने नाममा नेपालको वर्तमान ऐन, कानुन, विधि प्रक्रिया, सूचना, जानकारी, पूर्व तयारी र सरकारी निकायको बिचमा प्रभावकारी समन्वय हुन नसक्दा, बालबालिका, सुत्केरी, गर्भवती, अपाङ्गता भएका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, दीर्घ बिरामी, परीक्षा दिने, भर्नाभई स्कुल जाने उमेरका बालबालिकामा बढि असर परेको देखिएको बताएका थिए ।

एकातिर घरमा डोजर चल्दै गरेको अर्कोतिर १२ कक्षाको परीक्षा दिँदै गनुपरेको पीडा, साना बालबालिकालाई दुध खुवाउनका लागि कवाडीमा दैनिकीमा चाहिने सामानहरु बेच्नु परेको कुरा समेत उठाइएको थियो । पहिलो चरणमा सुकुम्बासी र भूमीहीनको लगत सङ्कलन, दोस्रो चरणमा उनीहरुलाई व्यवस्थित गर्नका लागि आवासको व्यवस्था गरेर मात्र वस्ती हटाउने पर्ने तर्फ सरोकारवालाले सुझाव दिएका थिए । राज्य अति सीमान्तकृत, दलित, जोखिममा रहेका घरपरिवार, बालबालिकाको अभिभावक बन्नु पर्नेमा उल्टो तरिकाले जबरजस्ती बस्तीमा डोजर लगाएर घरबार विहीन बनाइ थप पीडामा पु¥याएको, कुनै व्यवस्थापकीय पक्षमा ध्यान नदिई बालबालिकाकै अगाडि आफ्नै घर, विद्यालय भत्काइएको दृष्यले बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने असरको विषयमा सरकार चुकेको सहभागीले बताएका थिए ।

सहभागीहरुको बस्ती भत्काउँदै गर्दा उनीहरुको नागरिकता, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, पाठ्यपुस्तक, विद्यालय पोशाक, उमेर अनुसार पोषणयुक्त खानेकुरामा समस्या परेको देखिएको, होल्डिङ् सेन्टर सहित जुनसुकै ठाउँमा रहँदा हिंसा, दुव्र्यवहार, गोपनीयता जस्ता विषयमा थप ध्यानदिने कुरा ओल्याएका थिए । बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका अशोक खनालको सहजीकरणमा भएको कार्यक्रममा प्रदिप श्रेष्ठले स्वागत गर्नुभएको थियो । छलफलमा सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबास नागरिकको पहिचान नगरी सुकुम्बासी र अव्यवस्थित बसोबास नागरिकको पहिचान, बैकल्पिक आवासको शुनिश्चितता गरेर सम्बन्धित पक्षसँग छलफल समन्वय संवाद गरी कार्य गर्न, त्यस्ता कार्य गर्दा मानव अधिकार तथा बाल अधिकारको विषयलाई संवेदनशील रूपमा हेर्न अनुरोध समेत गरेका थिए ।

Previous Post

उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

Next Post

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly