जेठ ३१, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा मेलमिलापकर्ताहरूका लागि दुई दिने पुनर्ताजगी तथा अन्तरक्रिया तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा तथा सोलुखुम्बु जिल्ला अदालतको सहजीकरणमा सम्पन्न तालिम असार २ र ३ गते सञ्चालन गरिएको हो। तालिमको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष सूर्य बहादुर राईको प्रमुख आतिथ्यता र न्यायिक समिति संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा न्यायिक समितिका सदस्य, वडा अध्यक्षहरू तथा गाउँपालिकाभरिका ३६ जना मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो। उक्त तालिमको उद्देश्य मेलमिलाप प्रक्रियासम्बन्धी ज्ञान र सीपलाई पुनर्ताजगी गर्नु, मेलमिलाप प्रक्रियामा स्पष्टता ल्याउनु, साथै स्थानीय तहमा मेलमिलाप कार्यविधिको व्यवहारिक अभ्यास गराउनु रहेको उपाध्यक्ष कुलुङले जानकारी दिनुभयो।
सोलुखुम्बु जिल्ला अदालतका श्रेस्तेदार विकास कुमार रबचशकको नेतृत्वमा तालिम सञ्चालन गरिएको थियो। टोलीले मेलमिलापको कानुनी प्रक्रिया, व्यवहारिक अभ्यास र मुद्दा समाधानका सन्दर्भमा सहभागीहरूलाई अन्तरक्रिया गराउँदै आवश्यक मार्गदर्शन गरेका थिए। गाउँपालिकाले मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
Discussion about this post