जेठ ३१, सोलुखुम्बु । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका २ नराटीका सामुदायिक सिकाई केन्द्र निशंखेमा १० लाख रुपैयाँ बराबरकाको सामान वितरण गरेको हो । स्वयंसेवी अभियान नेपालको आयोजना र पाईसल युरोपियन सोलिडारीटी क्रप्सको सहयोग र ताइवान फन्ट फर चिल्रेन्ड एन्ड फ्यामलीको सहयोगमा ओखलढुङ्गाको तलुवा, ठुलाछाप, भदौरे,असिने र खोटाङको रावा वेसी बालकन्या भोर्लेनी स्कुल गरी २४ वाल विकास केन्द्रहरुका लागि शैक्षिक सामग्रीहरु, विद्यालायलाई खेलकुल साम्रग्रीहरु, ४५ जना बालबालिकालाई पोशाक र शैक्षिक सामग्रीहरु, सार्वजनिक स्थानहरूमा प्रयोग हुने २०० लिटर क्षमताका १७ वटा डस्टबिनहरू, विपद् व्यवस्थापन कार्यदलका लागि उद्धार उपकरण र सामग्रीहरु, बाल÷युवा क्लवहरुलाई खेलकुदका सामग्रीहरु गरी वितरण गरिएको हो ।
समुदायमा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य वातावरण सरसफाई, आपतकालिन सुरक्षा र युवाको सशक्तिकरणमा योगदान पूर्याउने उद्देश्यले आयोजना गरेको स्वयंसेवी अभियान नेपालका अध्यक्ष भुपेन्द्र कुमार घिमिरे बताउनु भयो।विगत १२ वर्ष लामो समय देखि सामुदायिक सेवा सशक्तिकरणको यात्रामा निरन्तर अघि बढेको अध्यक्षले बताउनु भयो । उक्त कार्यक्रमा उप–प्रमुख, वडाध्यक्षहरू, विद्यालयका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षकहरू, अभिभावकहरू, बाल तथा युवा क्लबका युवाहरु परियोजनामा सहभागी परिवारहरू गरी २५० जनाको सहभागिता रहेको थियो ।
Discussion about this post