असार ०१, साेलुखुम्बु । ओखलढुंगामा एक महिको लडेर मृत्यु भएको छ । शनिवार ३ बजे बजार जान्छु भनि घरबाट निस्किएका सुनकोशी गाउँपालिका–९ ककनी घर भई हाल मुलखर्कका ४५ बर्षीय माया तामाङको लडेर मृत्यु भएको हो ।
शनिवार अबेरसम्म पनि घर नफर्किए पछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा मुलखर्क स्थित घर देखि करिब पाँच सय मिटर उत्तर तर्फको बाटोमा पाँच सय मिटर तल खसेर घाईते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्याललय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयाे ।
घाईते तामाङलाई उपचारको लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाएको र आईतवार बिहान करिब ३ः ५० को समयमा अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु घोषण गरेको जिल्ला प्रहरी कार्याललय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कार्कीले बताउनु भयाे ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान र कानुनी प्रकृयाको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
Discussion about this post