असार १, सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुले जिल्लाका विभिन्न स्थानलाई जडीबुटी पकेट क्षेत्र घोषणा गरेको छ। आईतबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यालयले आवधिक योजना र रणनीतिक योजना कार्यान्वयनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी गर्दै विभिन्न जडीबुटीहरूको पकेट क्षेत्र तोकेको हो।
डिभिजन वन कार्यालयका सूचना अधिकारी मनाराज राईका अनुसार जडीबुटी पकेट क्षेत्र यसप्रकार तोकिएको छः
१. लेकाली टिमुर का लागि
सल्लेरी
टाक्सिन्दु
बेनी
टाप्टिङ
गोराखानी
तामाखानी
केरुङ
२. बोके टिमुरका लागि
पंचन
देउसा
मुक्ली
नेचा बेतघारी
सल्यान
३. अमला र जैतुनका लागि
पंचन
देउसा
मुक्ली
नेचा बेतघारी
सल्यान
सोताङको तल्लो क्षेत्र
४. डालेचुकका लागि
भकाञ्जे
बेनी
टाक्सिन्दु
५. केशरका लागि
सल्लेरी
टाक्सिन्दु
भकाञ्जे
टाप्टिङ
६. लौठसल्लाका लागि
सल्लेरी
टाक्सिन्दु
बेनी
टाप्टिङ
गोराखानी
तामाखानी
केरुङ
७. तेजपातका लागि
नेचा बेतघारी
सल्यान
पंचन
८. दन्ते ओखरका लागि
देउसा
मुक्ली
सल्लेरी
नेले
जुबु
लोखिमको माथिल्लो भेग
डिभिजन वन कार्यालयले यस्ता जडीबुटी पकेट क्षेत्र निर्धारण गरेर संरक्षण, व्यवस्थापन र व्यवसायिक उत्पादनमा टेवा पुर्याउने उद्देश्य राखेको जनाएको छ।
Discussion about this post