Sunday, June 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सामाजिक सञ्जालको गलत प्रयोगः युवतीहरूमाथि यौन शोषण, सोलुखुम्बुमा युवक पक्राउ

Radio Everest by Radio Everest
June 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १, सोलुखुम्बु । सामाजिक सञ्जालमा देखिएको एउटा गम्भीर खालको दुरुपयोगको घटनाले सोलुखुम्बु जिल्लालाई चकित तुल्याएको छ । फेसबुक जस्ता डिजिटल प्लेटफर्ममार्फत युवतीहरूलाई माया प्रेमको झुटो जालमा पारेर जबरजस्ती करणी तथा शारीरिक शोषण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्ने युवक महाकुलुङ गाउँपालिका–२, निकासी निवासी ३० वर्षीय नरेश कुलुङ हुन्। उनीमाथि फरक–फरक नामबाट सामाजिक सञ्जालमा फेक आइडीहरू बनाउँदै किशोरीहरूसँग सम्पर्क गर्ने, उनीहरूलाई भावनात्मक रूपमा प्रभावमा पारेर भेट्न बाध्य बनाउने र पछि यौन दुव्र्यवहार गर्ने गम्भीर आरोप लागेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार, कुलुङले सामाजिक सञ्जालमार्फत कम्तीमा पाँचवटा फेक फेसबुक आइडी सञ्चालन गर्दै आएका थिए ।

उनी ती आइडीमार्फत किशोरीहरूको मोबाइल नम्बर संकलन गरी फोन तथा म्यासेन्जरमा संवाद गर्ने गर्थे। कतिपय अवस्थामा उनले धम्कीसमेत दिने गरेका थिए । एक १६ वर्षीया किशोरीलाई बारम्बार फकाएर एकान्त स्थानमा लगी करणी गरिएको र उनलाई बन्धक बनाएर कुटपिट गरिएको पीडितका अभिभावकको उजुरीमा उल्लेख छ । अर्काे घटनामा १९ वर्षीया किशोरीलाई फेक आइडी प्रयोग गरी एकान्त जंगलमा बोलाएर करणी गर्नुका साथै मोबाइल र सुनका गहना लुटिएको उजुरी परेको छ । युवक नरेश कुलुङले प्रारम्भिक बयानमा दुवै घटनामा संलग्न रहेको स्वीकारेका छन्।

प्रहरीका अनुसार घटनामा प्रयोग भएका मोबाइल र लुटिएका सामग्रीहरू समेत बरामद गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कुलुङले फेसबुकमा एक दर्जनभन्दा बढी नक्कली अकाउन्ट सञ्चालन गर्दै आएका थिए र यस्ता यौन शोषणका घटनामा थप संलग्न रहेको आशंका गरिएको छ। उनलाई हाल जिल्ला अदालत सोलुखुम्बुबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । सामाजिक सञ्जालको यस्ता गम्भीर दुरुपयोगबाट सतर्क रहन सोलुखुम्बु प्रहरीले सबैलाई आग्रह गरेको छ ।

Previous Post

सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ

Next Post

जबरजस्तीकरणी गर्ने सोलुका कुलुङ पक्राउ, बनाएका छन् यति धेरै फेक आइडी

Related Posts

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
0
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
0
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
0
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

Discussion about this post

Everest Highlights

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

June 28, 2026
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly