Sunday, December 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सामाजिक सञ्जालको गलत प्रयोगः युवतीहरूमाथि यौन शोषण, सोलुखुम्बुमा युवक पक्राउ

Radio Everest by Radio Everest
June 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १, सोलुखुम्बु । सामाजिक सञ्जालमा देखिएको एउटा गम्भीर खालको दुरुपयोगको घटनाले सोलुखुम्बु जिल्लालाई चकित तुल्याएको छ । फेसबुक जस्ता डिजिटल प्लेटफर्ममार्फत युवतीहरूलाई माया प्रेमको झुटो जालमा पारेर जबरजस्ती करणी तथा शारीरिक शोषण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्ने युवक महाकुलुङ गाउँपालिका–२, निकासी निवासी ३० वर्षीय नरेश कुलुङ हुन्। उनीमाथि फरक–फरक नामबाट सामाजिक सञ्जालमा फेक आइडीहरू बनाउँदै किशोरीहरूसँग सम्पर्क गर्ने, उनीहरूलाई भावनात्मक रूपमा प्रभावमा पारेर भेट्न बाध्य बनाउने र पछि यौन दुव्र्यवहार गर्ने गम्भीर आरोप लागेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार, कुलुङले सामाजिक सञ्जालमार्फत कम्तीमा पाँचवटा फेक फेसबुक आइडी सञ्चालन गर्दै आएका थिए ।

उनी ती आइडीमार्फत किशोरीहरूको मोबाइल नम्बर संकलन गरी फोन तथा म्यासेन्जरमा संवाद गर्ने गर्थे। कतिपय अवस्थामा उनले धम्कीसमेत दिने गरेका थिए । एक १६ वर्षीया किशोरीलाई बारम्बार फकाएर एकान्त स्थानमा लगी करणी गरिएको र उनलाई बन्धक बनाएर कुटपिट गरिएको पीडितका अभिभावकको उजुरीमा उल्लेख छ । अर्काे घटनामा १९ वर्षीया किशोरीलाई फेक आइडी प्रयोग गरी एकान्त जंगलमा बोलाएर करणी गर्नुका साथै मोबाइल र सुनका गहना लुटिएको उजुरी परेको छ । युवक नरेश कुलुङले प्रारम्भिक बयानमा दुवै घटनामा संलग्न रहेको स्वीकारेका छन्।

प्रहरीका अनुसार घटनामा प्रयोग भएका मोबाइल र लुटिएका सामग्रीहरू समेत बरामद गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कुलुङले फेसबुकमा एक दर्जनभन्दा बढी नक्कली अकाउन्ट सञ्चालन गर्दै आएका थिए र यस्ता यौन शोषणका घटनामा थप संलग्न रहेको आशंका गरिएको छ। उनलाई हाल जिल्ला अदालत सोलुखुम्बुबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । सामाजिक सञ्जालको यस्ता गम्भीर दुरुपयोगबाट सतर्क रहन सोलुखुम्बु प्रहरीले सबैलाई आग्रह गरेको छ ।

Previous Post

सुनको भाउ १ लाख ९७ हजार ५ सय रुपैयाँ

Next Post

जबरजस्तीकरणी गर्ने सोलुका कुलुङ पक्राउ, बनाएका छन् यति धेरै फेक आइडी

Related Posts

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
0
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
0
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
0
नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

Discussion about this post

Everest Highlights

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

December 6, 2025
गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

December 6, 2025
सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

December 6, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly