Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रधानमन्त्रीको अनुरोधपछि १० करोडको परियोजना लिएर सोलुका शेर्पा अमेरिकाबाट फर्किए

Radio Everest by Radio Everest
June 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३, सोलुखुम्बु । विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले मंगलबार प्रधानमन्त्री ओलीसँग भेट गर्नुभयो । तीन महिना अघि स्वदेश फर्किएका शेर्पाले जनस्वास्थ्यका क्षेत्रका अनुसन्धान परियोजना सञ्चालन गर्दै आउनुभएको छ । गत वर्ष संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर अमेरिकाको बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन भएका दिन त्यहाँस्थित विश्वविद्यालयमा विभिन्न विषयमा अध्यापन र अध्ययनरत नेपाली शिक्षक–विद्यार्थीहरुसँग संवाद गरी प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञान र अनुभवलाई स्वदेशमा उपयोग गर्न आग्रह गर्नुभएको थियो ।

त्यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने विश्वास उहाँले दिलाउनुभएको थियो । प्रधानमन्त्री ओली स्वदेश फिर्ता भएपछि त्यहाँ भेट भएका नेपाली शिक्षक–विद्यार्थीहरु सबैलाई सम्बोधन गरी पत्र पठाइ मेधावी विद्यार्थीले मातृभूमिको समृद्धि र हितका लागि साथ दिन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको पत्रबाट उत्साहित हुँदै शेर्पाले बेलायतको ब्रिष्टल विश्वविद्यालयसँगको सहकार्यमा ब्राइट भिजन फाउण्डेशन दर्ता गरी नेपालका नसर्ने रोगहरुको अवस्था, त्यसको उपचार तथा उपयुक्त पोषणका विषयमा जनस्वास्थ्यसम्बन्धी १० करोडको अनुसन्धान परियोजना सञ्चालन गरेको प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको छ । उक्त पाँच वर्षे परियोजनालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग पनि सहकार्य गरिने शेर्पाले जानकारी दिनुभयो ।

फाउण्डेशनले सोलुखुम्बुमा स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार सात सयलाई सेवा दिइसकेको छ भने जिल्लामा ग्रामीण भेगका मानिसलाई लक्ष्य गरी ब्राइट फ्युचर कम्प्युटर सेन्टरमार्फत निःशुल्क तालिम सञ्चालन गरेको छ । सोलुखुम्बुको सल्लेरीका शेर्पाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा इम्युनोलोजी विषयमा छात्रवृत्ति पाइ अध्ययन पूरा गरेका थिए। उनले अनुसन्धानका क्षेत्रमा सरकारले कम्तीमा एक प्रतिशत बजेट विनियोजन गर्नुपर्ने र नेपालको अनुसन्धानात्मक जर्नलहरुलाई सबल बनाइ अन्तर्राष्ट्रियस्तरमा सञ्चार गराउन सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले विदेशमा उच्चशिक्षा हासिल गरेर स्वदेशमा केही गर्छु भन्ने अठोट लिएकामा शेर्पाप्रति धन्यवाद दिँदै थप उज्वल भविष्यको कामना गर्नुभयो ।

Previous Post

थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण

Next Post

यी स्थानमा भारी वर्षाको सम्भावना

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
0
Next Post
आउँदो शनिवारदेखि नेपालमा मनसुन भित्रिने अनुमान

यी स्थानमा भारी वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

August 13, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly