जेठ १८, सोलुखुम्बु । सोलुखुम्बुमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २९ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । सामुदायीक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघको आयोजनामा, पिके सामुदायीक वन उपभोक्ता समूह तामाखानीको व्यवस्थापनमा र लाफा निमार्ण सेवा सोलुखुम्बुको आर्थिक सहयोगमा वृक्षारोपन तथा अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो ।
शुक्रबार २०० बढी दार्जिलिङ धुपी, लौठ सल्ला र चापको विरुवा पिके सामुदायीक वन, पिके माध्यमिक विद्यालय लगायतका धार्मिक स्थलहरुमा वृक्षारोपन गरिएको आयोजकले जनाएको छ । सामुदायीक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सोलुुखुम्बुका अध्यक्ष टंकी माया बस्नेतले दिवसको अवसरमा बोल्दै उपभोक्ताहरुले समुदायीक वनबाट वस्तु उपभोग गर्न नपाएको गुनासोलाई मध्यनजर गर्दै आउदो आर्थिक वर्षबाट पूरानो काठलाई निकाली आम्दानीको आय स्रोतमा जोड दिने उल्लेख गर्नुभयो । जिल्लामा १ सय ५३ वटा सामाुदायीक वन रहेको छन् ।
यस्तै डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख बद्री प्रसाद शाहले हाल सामुदायीक वनको काठहरु डिभिजन वन कार्यालय, वन उपभोक्ता समिति र नागरिकहरुको समन्वय नहुँदा आय स्रोतमा जोड्न नसकेको बताउनुभएको हो । आगामी दिनहरुमा सबै एक जुट भएर सामुदायीक वनलाई आम्दानीको स्रोत बनाउदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Discussion about this post