जेठ १८, सोलुखुम्बु । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय खोटाङले सोलुखुम्बुमा मानवअधिकार सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सल्लेरीमा कार्यालयका प्रमुख गीता कुमारी दाहालको उपस्थितिका कार्यालयले सरोकारवाला सँग छलफल कार्यक्रम गरेको हो ।
सोलुखुम्बु जिल्लाको मानवअधिकार अधिकार विषयक अन्तरकृया कार्यक्रममा जिल्लाका पत्रकार तथा सरोकारवालाहरूले आफ्नो प्रश्न तथा जिज्ञासा राखेका थिए ।
उनीहरूले राखेको जिज्ञासा र प्रश्नको सम्बाेधन गर्दै प्रमुख दाहालले मानव अधिकारका घटना कँही कतै भएको पाइए उजुरी गर्न वा फोन मार्फत समस्या राख्न सकिने पनि बताउनुभएको छ । अन्तरक्रिया कार्यक्रममा साेलुखुम्बुका महिला नेतृ तथा समाजसेवीहरू, साेलुदुधकुणड नगरपलिकाका कार्यपालिका सदस्य निरकुमार नेपाली, मानवअधिकार कर्मि लगायतकाे उपस्थिती रहेकाे थियाे ।
Discussion about this post