Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गौरीटाप बहुउद्देश्यीय सहकारीमा ५ वर्षमा ७० लाखको सेयर पुँजी 

Radio Everest by Radio Everest
May 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १८, साेलुखुम्बु ।  खोलुखुम्बुको गौरीटाप बहुउद्देश्यीय सहकारी संस्थाले ५ वर्षमा झण्डै ७० लाख रुपैयाँ को सेयर पुँजी जम्मा गरेको छ ।  आर्थिक वर्ष २०७४/७५ मा संस्थामा रहेको १० हजार ७ सय ७० रुपैयाँको सेयर पुँजी मा वृद्धि गरेर ५ वर्षको अवधीमै संस्थाले ६९ लाख ३९ हजार ३ सय ३ रुपैयाँको सेयर पुँजी जम्मा गरेको छ ।  

आज शुक्रबार सल्लेरीमा सम्पन्न संस्थाको २८ औँ साधारणसभामा वार्षिक प्रतिवेदन पेश गर्दै सहकारी संस्थाका अध्यक्ष रामचन्द्र कार्कीले संस्थाले ५ वर्षमा अगणित सफलता हात पारेको भन्दे यस्तो जानकारी गराउनुभएको हो । यस्तै सहकारी संस्थामा आर्थिक वर्ष २०७४/७५ मा रहेको सेयर सदस्य संख्या ४ सय ८ जनाबाट बढेर अहिले ३ हजार १ सय २५ पुर्‍याएको जानकारी दिनुभयो ।

यस्तै उक्त आर्थिक वर्षमा ५ सय रुपैयाँ घाटामा रहेको सहकारी संस्था अहिले ९ लाख ३१ हजार ५ सय ३३ रुपैयाँ नाफामा रहेको, १ हजार ७ सय मात्र कर्जा लगानी रहेको सहकारीमा अहिले ५ करोड ८६ लाख ९ हजार २ सय ३१ रुपैयाँ कर्जा लगानी गरिएको, सुन्य बचत रहेको संस्थामा अहिले ४ करोड ७७ लाख २४ हजार ५ सय ३३ रुपैयाँ बचत रहेको, सहकारी सम्बन्धी विषयगत कोषहरू ३१ लाख १७ हजार ७ सय २९ रुपैयाँ बराबर रहेको जनाइको छ ।

 यस्तै उक्त आर्थिक वर्षमा सहकारी संस्थासँग १२ हजार ७ सय ६० रुपैयाँको चल अचल सम्पत्ति मात्र रहेकोमा अहिले ५ करोड ८३ लाख २८ हजार ८ सय ६३ रुपैयाँ सम्पत्ति रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ । यस्तै प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष कार्कीले तिङ्ला र सल्लेरीमा कार्यालय स्थापना गरि सेवा दिइँदै आएको, १० जना युवाहरूलाई रोजगारीको अवसर प्रदान गरिएको, सहकारी मार्फत पुँजी बजारमा लगानी गरि हाट बजार, व्यापार व्यवसाय सञ्चालन गरि स्थानीय उत्पादनलाई प्रवर्द्धन गरिएको, सानातिना क्लब वा समुहबाट हुने खेलकुद तथा अन्य कार्यक्रमहरूमा प्रायोजन गर्दै आएको सेयर सदस्य तथा बचतकर्ताको हितका लागी राहतकोष व्यवस्था गरिएको बताउनुभएको छ ।  जिल्लाकै पहिलो सहकारी भएपनि विभिन्न आरोह अवरोह झेल्दै आएको सहकारीलाई ब्युँताउँदै अहिले कार्यक्षेत्र बढाएर काम गरिरहेको उहाँको भनाई छ ।

 छोटो समयमा धेरै उपलब्धीहरू हासिल गरेको भन्दै उहाँले यसलाई संस्थागत गर्न सबैको साथ आवश्यक रहने जिकिर गर्नुभएको छ । यस्तै सहकारी संस्थाले आफ्ना बचतकर्ताहरू मध्यबाट २०८० सालको एसइइमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई नगद एक हजार रुपैयाँ सहित सम्मान गरेको छ ।  

विद्यार्थी दिपिका दयाललाई एइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा संस्थाले सम्मान पत्र र नगद सहित सम्मान गरेको हो । यस्तै संस्थाले उत्कृष्ट बचत कर्ता ३ जना, अपाङ्ग २ जना र उत्कृष्ट ऋणी २९ जनालाई पनि सम्मान गरेको छ ।

सहकारीमा उत्कृष्ट वचकर्ताहरु गिर्मी बज्राचार्य, शुक्रराज बराइली र पदम श्रेष्ठ लाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको छ । यसका साथै अपाङ्गता भएका गेहेन्द्र राई र विपना मगरलाई १ हजार रुपैयाँको साथमा सम्मान पत्र सहित सम्मानित गरिएको छ ।  साधारणसभाको प्रमुख आतिथ्यता सोलुदुधकुण्ड नगरपालिकाका योजना शाखा प्रमुख रामकुमार खड्काको रहेको थियो । कार्यक्रममा संस्थाका संस्थापक ओम बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।  

Previous Post

सोलुखुम्बुको समग्र मानव अधिकारको अवस्था विषयक अन्तरकृया सम्पन्न 

Next Post

सगरमाथाबाट किरुतको शव पठाउन १ लाख ९० हजार डलर खर्च हुने अनुमान

Related Posts

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
0
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly