जेठ १८, सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका केन्याली नागरिक जोशुवा चेरुत्योट किरुतको शव सगरमाथामै छोडिने मृतकको परिवारले जनाएको छ । मृतकको परिवारले विज्ञप्ति निकालेर शव रहेको उचाइबाट उद्धार कठिन रहेको र किरुतले हिमालमै रहँदा शान्ति पाउने भन्दै शव उतै छाड्ने जनायएको छ । तर परिवारको चाहना भए पनि नेपालको कानुनअनुसार हिमालमा शव छाड्न नपाइने पर्यटन विभागले जनाएको छ ।
आरोही किरुत सगरमाथाको शिखरबाट ४८ मिटर तल आएपछि लडेका थिए । केन्याली नागरिक केरुतको शव देखिएकोले खोजी गर्न नपर्ने विभागले जनाएको छ । केरुतको साथमा गएका शेर्पा भने हराइरहेका छन् । किरुतको शव हिमालबाट निकालेर काठमाण्डौ पठाउन एक लाख ९० हजार डलर खर्च हुने अनुमान छ ।
यस वर्षदेखि पर्यटन विभागले शवको खोजी गर्न सजिलो होस् भनेर हरेक आरोहीको साथमा चिप्स लैजानुपर्ने नियम लागू गरेको थियो । अहिले सगरमाथामा निकै पुरानासमेत गरी झन्डै दुई सय शव रहेको अनुमान छ । सगरमाथाबाट केन्याली नागरिकको शव काठ्माडौ पठाउन ९० हजार डलर खर्च हुने अनुमान गरिएको छ ।
Discussion about this post