असार ४, सोलुखुम्बु । असल मित्र नेपाल, जिरी दोलखाद्वारा सञ्चालित बाल शिक्षा सहयोग कार्यक्रम अन्तर्गत उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका वडा नं. ५ जाँतेमा रहेका १६ बालबालिकालाई छात्रवृत्तिको तेस्रो किस्ताको रकम हस्तान्तरण गरिएको छ । चितवन, उदयपुर र झापा जिल्लामा सञ्चालित बाल शिक्षा कार्यक्रमको निरन्तरतास्वरूप यसपटक जाँतेका १६ जना बालबालिकालाई मासिक २,००० को दरले छात्रवृत्ति प्रदान गरिएको हो।
तेस्रो किस्ताको रूपमा जम्मा ९६,००० वितरण गरिएको जनाइएको छ । सो कार्यक्रमबाट लाभान्वित भएकी अनिसा खड्काले आफ्नो जीवनमा छात्रवृत्तिले ठूलो परिवर्तन ल्याएको बताउनुभयो । “मेरो बुबा–आमा नभएको कारण पढ्न निकै गाह्रो थियो । यस्तो समयमा प्राप्त सहयोगले मेरो जीवन परिवर्तनको ढोका खोलेको छ,“ उहाँले भन्नुभयो । उक्त छात्रवृत्ति कार्यक्रम असल मित्र नेपालकी सामाजिक परिचालक रित सुनुवारको सहजीकरण र समन्वयमा सञ्चालन गरिएको हो ।
कार्यक्रममा स्थानीय अभिभावक, बालबालिका तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको बालमैत्री स्थानीय शासन फोकल पर्सन मिलन परियारले जानकारी दिनुभयो । यो पहलले पिछडिएका समुदायका बालबालिकालाई शिक्षामा पहुँच पु¥याउने र उनीहरूको उज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ ।
Discussion about this post