Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा समाज वेल्जियम र जर्मनको विषेश आर्थिक सहयोमा खिजीदेम्बालाई शव वाहन

Radio Everest by Radio Everest
June 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ४, सोलुखुम्बु । सामाजिक सेवाको एउटा अनुकरणीय उदाहरण प्रस्तुत गर्दै ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा शव वाहन सेवा सञ्चालनमा ल्याइएको छ । यस सेवाको सुरुआत शेर्पा समाज बेल्जियम र जर्मनीको विशेष आर्थिक सहयोगमा गरिएको हो । करिब ९ लाख १३ हजार रुपैयाँ बराबरको लागतमा गाउँपालिकामा पुरानो भएर संचालनमा नआएको पुरानो एम्बुलेन्सलाई मर्मत सम्हार गरी शव वाहनका लागि प्रयोग गरिने भएको छ ।

उक्त शव वाहन अब गाउँपालिकाका नागरिकहरूको सेवा गर्न तत्पर छ । यो शव वाहन खिजिदेम्बाका लागि मात्र नभई आसपासमा रहेका स्थानीय तहका नागरिकहरुले समेत नि : शल्क रुपमा सेवा लिन पाउने भएका छन् । पालिकाका अध्यक्ष गम्बु शेर्पाले यस सामाजिक प्रयासको नेतृत्व गर्दै शव वाहन हस्तान्तरणको औपचारिक जानकारी दिनुभएको छ । उहाँले गएको ग्याल्पो ल्होसार अवसरमा बेल्जियम, जर्मन लगायत अन्य देशहरुमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो सशक्त प्रस्तुतीमार्फत यो परियोजनाका लागि आवश्यक सहयोग संकलनमा समेत योगदान दिनुभएको थियो ।

गाउँका धेरैजसो नागरिकहरू आर्थिक अभावमा जीवनयापन गरिरहेका छन् । विपद् वा आत्महत्याका घटनापछि शवलाई अन्तिम संस्कारका लागि रुम्जाटार वा मन्थली लैजानुपर्ने बाध्यता छ, जहाँ अन्य साधनहरूले शव बोकेनसक्ने वा अत्यधिक शुल्क लिने गर्दछन् । यस्तो कठिनाइलाई बुझ्दै गाउँपालिकाले शव वाहनको व्यवस्था गरेको हो । “समाजका निम्न आर्थिक वर्गलाई मृत्युको क्षणमा पनि पीडाबाट मुक्त गराउने यो प्रयास एक मानवीय अभियान हो,“ अध्यक्ष शेर्पाले बताउनुभयो । अमेरिकाबाट फर्केर देश निर्माणमा लागेका गम्बु शेर्पा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित भई हाल खिजिदेम्बा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालि रहनुभएको छ ।

संगीत क्षेत्रमा अब्बल अध्यक्ष शेर्पा आफ्ना प्रस्तुतीमार्फत जनचेतना र सामाजिक सहयोगका सन्देश फैलाउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ अब युवाले देश बनाउने सपना मात्र होइन, त्यसलाई व्यवहारमा पनि उतार्नुपर्छ।“ शव वाहन सेवा केवल सवारीको व्यवस्था होइन, यो सन्देश पनि हो—समाजको हरेक तहमा सहानुभूति, सहयोग र सम्मानको आवश्यकता छ । यो प्रयासले अन्य पालिकाहरूका लागि पनि प्रेरणा बन्ने आशा गरिएको छ ।

Previous Post

लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेमा जन्मदर्ता अभियान सम्पन्न

Next Post

लिम्चुङ्बुङ ५ जाँतेमा १६ बालबालिकालाई असल मित्र नेपालद्वारा छात्रवृत्ति हस्तान्तरण

Related Posts

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly