Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशीमा १४.२५ प्रतिशत रोपाइँ सम्पन्नः सोलुखुम्बुमा ६.३१ प्रतिशत

Radio Everest by Radio Everest
June 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १४, सोलुखुम्बु । कोशी प्रदेशमा यस वर्षको असार दोस्रो सातासम्म १४.२५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको । अघिल्लो वर्ष यही अवधिमा १३.७१ प्रतिशत रोपाइँ भएको थियो । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यो तथ्यांक सार्वजनिक गर्दै समग्र रूपमा रोपाइँको स्थिति सकारात्मक रहेको जनाएको छ । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार कोशी प्रदेशमा कुल ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमध्ये हालसम्म ३९ हजार ३ सय ८७ दशमलव २६ हेक्टरमा रोपाइँ भइसकेको छ ।

खासगरी पहाडी जिल्लाहरूमा समयमै रोपाइँ हुने गरेकोमा यसपटक वर्षा अभावले केही ढिलाइ भएको पाण्डेको भनाइ छ । यद्यपि, यो वर्ष विगतका वर्षहरूको तुलनामा बढी वर्षा हुने प्रक्षेपण रहेकाले समग्र रोपाइँमा असर नपर्ने र बढी रोपाइँ हुने अनुमान रहेको डा. पाण्डेले बताउनुभयो । उहाँले पहाडको भौगोलिक अवस्था र चिसो मौसमका कारण त्यहाँ छिटो रोपाइँ हुने गरेको उल्लेख गर्नुभयो । उच्च पहाडमा असार अन्तिमसम्म र तराईमा भने भदौ दोस्रो सातासम्म रोपाइँ गर्न सकिने जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार जिल्लागत रूपमा ताप्लेजुङमा १७.८५, पाँचथरमा ४५, इलाममा १२, भोजपुरमा ४२, सोलुखुम्बुमा ६.३१, संखुवासभा र धनकुटामा ७–७, तेह्रथुममा २६, उदयपुरमा ११, ओखलढुंगामा ३१ र खोटाङमा ३१.३० प्रतिशत रोपाइँ भइसकेको छ । तराईका जिल्लामध्ये झापामा ८, सुनसरीमा ९ र मोरङमा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयले रोपाइँका लागि रासायनिक मलको पर्याप्त आपूर्ति भएको जनाएको छ । यस वर्ष पर्याप्त वर्षा र मल आपूर्तिका कारण उत्पादनमा सुधार आउने अपेक्षा गरिएको डा. पाण्डेको भनाइ छ। तर, पहाडी जिल्लामा समयमै पानी नपरे त्यसले समग्र उत्पादनमा प्रभाव पार्न सक्ने बताइएको छ ।

Previous Post

सोलुखुम्बुमा यस वर्षको एसईईमा ९३.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण

Next Post

आज असार १५ अर्थात् दही चिउरा खाने दिन

Related Posts

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
0
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
0
Next Post
आज असार १५ अर्थात् दही चिउरा खाने दिन

आज असार १५ अर्थात् दही चिउरा खाने दिन

Discussion about this post

Everest Highlights

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026
सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईको शानदार जित

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

September 30, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

September 30, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly