असार १५, सोलुखुम्बु । यस वर्षको माध्यमिक शिक्षा परीक्षा जिल्लाकै उत्कृष्ट जिपिए ल्याएर सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको खुम्जुङ माध्यमिक विद्यालयकी छात्राले जिल्ल टप गरेकी छन् । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको खुम्जुङ माध्यमिक विद्यालयकी छात्रा छिरिङ निमा शेर्पाले जिल्लाकै प्रथम जिपिए ३ दशमलव ९० प्राप्त गरी जिल्ला प्रथम बनेकी हुन । सबै विद्यार्थीहरू मध्ये खुम्जुङ माध्यमिक विद्यालयकी छात्रा शेर्पाले जिल्ला टप गरेकी हुन । जिल्ला टप गरेपछि उनलाई खुम्बु पासाङ ल्हामु गाउँपालिकाले समेत बधाई दिएको छ । गाउँपालिकामा रहेका ३ वटा मावि बाट ७४ विद्यार्थी परीक्षामा सामेल भएकोमा ७२ जना अर्थात् ९७ दशमलव ३० विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका छन् । यस वर्ष सोलुखुम्बुबाट १६ सय ५८ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिएका थिए । ति मध्ये जिल्लामा १५ सय ४८ विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका छन् ।
Discussion about this post