असार १५, सोलुखुम्बु । उदयपुरको रौतामाई गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकामा सञ्चालित उक्त कार्यक्रम को समीक्षा गाउँपालिका अध्यक्ष विरेन्द्र मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष भुपिन्द्र थापाको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा गायँपालिकामा उक्त कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमहरूको प्रगति र कार्यान्वयन पक्षमाथि समीक्षा गरिएको । समिक्षा कार्यक्रममा गाउँपालिकाका वडा का अध्यक्ष, गाउँपालिकाका शाखा प्रमुखहरू, स्वास्थ्य शाखाका कर्मचारी, विद्यालयका शिक्षक तथा कर्मचारीहरू लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा बोल्ने क्रममा गाउँपालिका अध्यक्ष विरेन्द्र मगरले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमले फरक क्षमता भएका व्यक्तिहरूलाई प्रभावकारी रुपमा सहयोग गरिरहेका दावी गर्नुभयो । कोशी प्रदेश सरकार, करुणा फाउण्डेसन नेपाल र स्थानीय तहको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित कार्यक्रमले गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना तथा जिविकोपार्जनको क्षेत्रमा गरिरहेको काम सराहनीय भएको गाउँपालिका उपाध्यक्ष भुपिन्द्र थापाले उल्लेख गर्नुभएको छ ।
नितान्त अपाङ्गता भएका ब्यक्तिहरूको अपाङ्गता रोकथाम र पुनः स्थापनाको पाटोमा रहेर बिभिन्न क्रियाकलाप गरिरहेको सो कार्यक्रमले अपाङ्गता भएको ब्यक्तिहरूको हक अधिकार, शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, सामाजिकीरण र सशक्तिकरणमा काम गरिरहेको छ ।
Discussion about this post