असार १५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजामा अघिल्लो वर्षको तुलनामा यस वर्ष सुधार आएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा गाउँपालिकाले नतिजामा सुधार गर्न सफल भएको हो । गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयहरूबाट परीक्षामा सहभागी भएका २ सय ५७ जना विद्यार्थी मध्ये २ सय ५६ जना विद्यार्थी यस पटकको परीक्षामा उत्तीर्ण भएका छन् जुन ९९ दशमलव ६१ प्रतिशत हो भने अघिल्लो वर्षको ९७ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
गाउँपालिका भित्रको नतिजामा यस वर्ष तुलनात्मक रुपमा नतिजा सुधार भएको हो । यस वर्षको परीक्षामा सहभागी भएका १० मावि मध्ये ९ माविले शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएका छन् । जीवन ज्योति मावि नेले, जीवनज्योति मावि काँगेल, कालिका देवी मावि पञ्चन, हिमालय मावि जुवु, विरेन्द्रोदय मावि मुक्ली, देउसा मावि देउसा, दुधकौशीका मावि रनेम, जनता मावि लोखिम र जनता मावि लोखिमले शत प्रतिशत नतिजा हासिल गरेका हुन।
भने जनकल्याण मावि जुवुका एक जना विद्यार्थी ननग्रडेडमा परेका छन् । गाउँपालिकाबाट परीक्षामा सहभागी भएका मध्ये १० विद्यार्थी जनाले ए प्लस ग्रेड प्राप्त गरेको जनाइएको छ । नतिजा सुधार हुनमा गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारका लागी गरेका विभिन्न प्रयास, साझेदार संस्थाहरूको सहयोग र सहकार्यले सम्भव भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।
Discussion about this post