जेठ १९, सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लु परिसरमा वृक्षारोपण (ट्रि प्लान्टिङ) गरिएको छ । लक्ष्मी सनराइज बैंक सल्लेरी शाखाको अगुवाइमा शनिवार जिल्ला अस्पताल फाप्लु तथा जिल्ला सामुदायिक आखा केन्द्र फाप्लुमा वृक्षारोपण गरिएको हो । बैंकको अगुवाइमा १ सय बोट धुप्पि, नासपाती, स्याउ तथा सल्लाको बोटहरु रोपिएको हो ।
हरेक वर्षको जुन ५ मा मनाइने विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण र जलवायु परिवर्तन रोक्नका लागी वृक्षरोपण गरिएको लक्ष्मी सनराइज बैंक शाखा कार्यालय सोलुखुम्बुका शाखा प्रबन्धक चूडा राज सुवेदीले बताउनुभयो ।
वृक्षरोपण कार्यक्रममा लक्ष्मी सनराइज बैंक सल्लेरी शाखाका कर्मचारी, कृषि विकास बैकका शाखा प्रबन्धक सुरज श्रेष्ठ, माछापुच्छ्रे बैंक सल्लेरी शाखाका कर्मचारी लगायत बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरूको उपस्थिति थियो ।
Discussion about this post