असार २४, सोलुखुम्बु । हालै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिखुपिके गाउँपालिकाको प्रशासनिक भवनसम्बन्धी सार्वजनिक रूपमा जारी गरिएको एक संयक्त विज्ञप्तिमा नेपाली कांग्रेस लिखुपिके गाउँपालिकालाई समेत सहभागी देखाइएकोप्रति नेपाली कांग्रेस लिखुपिके गाउँपालिका गम्भीर आपत्ति जनाउँदै स्पष्ट खण्डन गरेको छ ।
नेपाली कांग्रेस लिखुपिके गाउँपालिका गाउँ कार्य समितिका सचिव अम्बर बहादुर बस्नेतद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, “हालसालै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले लिुखुपिके गाउँपालिकाको प्रशासनिक भवनको विषयमा सार्वजनिक रुपमा जारी गरिएको संयक्त राजनितिक दलको भनिएको विज्ञप्तिमा नेपाली कांग्रेस लिखुपिके गाउँपालिकाको समेत सहभागीता रहेको भनि प्रस्तुत गरिएको विषयमा नेपालि काँग्रेस लिखुपिके गाउँपालिका गाउँ कार्य समितिको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्ति पार्टीसँग कुनै छलफल विना, जिम्मेवार नेताहरुलाई जानकारी नदिई, स्वेच्छाचारी रुपमा नेपाली कांग्रेस लिखुपिकेको गाउँपालिकाको सभापतिको नाम समेत राखिएकोमा गम्भिर आपति प्रकट गर्दछ । हाम्रो पार्टी न उक्त बैठकमा सहभागी थियो न त कुनै निर्णयमा सहमत नै भएको छ । यसरी बिना सहमति र हस्ताक्षर विनानै नाम जोडिनु अस्वीकार्य र गैरजिम्मेवार कार्य हो । यस्तो गैर कानुनी कार्यको लिखुपिके नेपाली कांग्रेस घोर निन्दा गर्दछ । र फेरी यस्तो कार्य नदोर्याउन चेतावनी समेत गर्दछ । यसका साथै, लिखुपिके गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्बन्धी विषय पूर्ण रुपमा कानुनी प्रक्रिया र सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार अघि बढिरहेको भन्ने जानकारी आएको छ । यो प्रक्रिया राज्यका जिम्मेवार निकायको अधिकार क्षेत्रभित्र रहेको हुँदा यसमा अनावश्यक राजनिकित हस्तक्षेप गर्नु अनुचित र विकास विरोधी कार्य हो । नेपाली कांग्रेस लिखुपिके गाउँपालिका राज्यको कानुनी प्रक्रिया, पारदर्शिता र जवाफदेहिता प्रति प्रतिबद्ध रहँदै, पालिकाको विकास निर्माणमा अवरोध सिर्जना हुने कुनै पनि गतिविधिको विरोध गर्दछ । साथै सबै पक्षलाई जिम्मेवारपूर्वक व्यवहार गर्न र अनावश्यक विवाद सिर्जना नर्गन आग्रह समेत गर्दछ ।” प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Discussion about this post